काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवार टुङ्गो लगाउन शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक शुक्रबार (भोलि ) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।