९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकी उपसहायकमन्त्री लुम्बिनी बौद्ध विश्वविद्यालयमा

अ+ अ-

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयमा अमेरिकी उपसहायकमन्त्री केल्ली काईडेर्लिङको टोलीले भ्रमण गरेको छ ।

भ्रमणमा आएको मन्त्री केल्ली नेतृत्वको टोलीसँग विश्वविद्यालयमा आयोजित छलफलमा उपसहायकमन्त्री केल्लीले अमेरिका र नेपालको सम्बन्ध ७५ वर्षदेखि घनिष्ट रहेको बताए । यो सम्बन्ध निरन्तर रहने उनको भनाइ छ ।

अमेरिकी प्रतिनिधि मण्डललाई विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्यले विश्वविद्यालयको प्राज्ञिकसहित समग्र विषयमा जानकारी गराएका थिए । उपकुलपति बज्राचार्यले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणापत्रको माग बमोजिम विश्वविद्यालय स्थापना भएको भन्दै स्थापनाको उद्देश्य पूर्ति गर्ने गरी कार्य गरिरहेको बताए ।

विश्वविद्यालयले मूल बौद्ध दर्शन र प्रयोगात्मक बौद्ध दर्शनलाई आत्मसाथ गर्दै कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए ।

कानुन, यात्रा तथा पर्यटन, वन विज्ञानलगायत विषयहरू बौद्ध दर्शनकै प्रयोगात्मक शिक्षणतर्फका रहेको बताउँदै कक्षा सञ्चालन सुरु भएको छोटो अवधिमा बौद्ध विश्वविद्यालयले भौतिक पूर्वाधार र प्राज्ञिक विकासका निरन्तर कार्य गरिरहेको जानकारी गराए ।

सो अवसरमा विश्वविद्यालयका रजिस्ट्रार डा तिलकराम आचार्य, डीन डा माणिक रत्न शाक्य, परीक्षा नियन्त्रक इन्द्र काफ्ले, प्राध्यापक डा. साकिच्च, केन्द्रीय क्याम्पस सहायक प्रमुख डा शारदा पौडेललगायत प्राध्यापक, कर्मचारीको सहभागिता रहेको थियो ।

अमेरिकी दूतावासको सहयोगमा लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीले अङ्ग्रेजी भाषा प्रशिक्षण कक्षा लिइरहेका छन् । उपसहायक मन्त्रीसहितको टोलीले विद्यार्थीहरूसँग अन्तरक्रिया गरेको थियो ।

प्रतिक्रिया दिनुहोस