१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले हप्ताको तीन दिन उडान भर्ने

अ+ अ-

काठमाडौँ । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि कुवेतको जजिरा एयरलाइन्सले हप्ताको तीन दिन उडान भर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जजिरा एयरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन उडान भर्ने भएको हो ।

अन्तर्राष्ट्रिय उडान तथा अवतरणका लागि अन्य एयरलाइन्स पनि सम्पर्कमा आइरहेका र सुरुमा नियमितभन्दा पनि चार्टर उडान धेरै हुने अपेक्षा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीपकुमार अधिकारीले बताए ।

उनले भने, ‘जजिरा एयरलाइन्सले हप्तामा तीन दिन उडान गर्ने अनुमति मागेको छ, अन्य एयरलाइन्स पनि सम्पर्कमा रहेका छन् ।’ उक्त विमानस्थल आजदेखि विधिवतरूपमा सञ्चालन भएको छ ।

गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार नयाँ धावनमार्गमा हिजो (बिहीबार) देखि आन्तरिक वायुसेवाका जहाजले उडान र अवतरण सुरु गरेको र आपत् पर्दा अन्तर्राष्ट्रिय जहाजले पनि अवतरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

अबदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा उडान अवतरणमा कुनै समस्या भएमा जहाजलाई विदेश डाइभर्ट नगरी भैरहवा पठाइने विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

भैरहवा विमानस्थल सञ्चालनका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले पनि स्वीकृति दिइसकेको छ ।

४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल सञ्चालनमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने विश्वास लिइएको छ ।

अब अर्को ठुलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस