१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युक्रेनमा ७७ लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित : राष्ट्रसङ्घ

अ+ अ-

जेनेभा । युक्रेनमा रुसको युद्धका कारण ७७ लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ ।

उनीहरु आफ्नो घर छाडेर भागेपनि देशभित्रै बसेको राष्ट्रसङ्घले बिहीबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले जारी गरेको तथ्याङ्क आन्तरिक विस्थापित व्यक्तिहरू ९आईडीपी० मध्ये अप्रिल ५ मा दिएको ७१ लाख रहेको अनुमानित तथ्याङ्कभन्दा बढेको हो ।

रुसले फेब्रुअरीको अन्त्यमा युक्रेनविरुद्ध सुरु गरेको आक्रमणपछि दश लाखभन्दा बढी युक्रेनीहरू आफ्नो देश फर्किएका कीभको सीमा सुरक्षा बलले बुधबार जानकारी गराएको छ ।

युक्रेनी सीमा सुरक्षा बलका प्रवक्ता लेसीमा आन्ड्री डेमचेन्कोले एक पत्रकार सम्मेलनमा भने, ‘त्यस समयदेखि हाम्रा ११ लाख नागरिकहरू स्वदेश प्रवेश गरेका छन् ।’

उनले भने, ‘मस्कोसित युद्ध सुरु भएदेखि नै झन्डै ५० लाख मानिसहरूले पूर्वी तथा पश्चिमी दुवै दिशाबाट गरी युक्रेनी सीमा पार गरेका छन् ।’

डेमचेन्कोले फर्कनेहरूमध्ये कति जनाले युद्धका कारण पहिला देश छोडेका थिए भन्ने कुरा भने बताइएको छैन ।

यसैगरी, संयुक्त राष्ट्र शरणार्थी निकाय यूएनएचसीआरले रुसले युक्रेनमा आक्रमण गरेको दिन फेब्रुअरी २४ देखि ५० लाख ३४ हजार ४९३ युक्रेनीहरू देशबाट बाहिरिएको जनाएको छ ।

यूएनएचसीआरका उपप्रमुख केली टि क्लेमेन्ट्सले भने, ‘यस द्वन्द्वको आठ हप्तामा हामीले ५० लाख मानिसका पीडा र वेदनाका कथाहरू सुनिरहेका वा गनिरहेका छौँ ।’

यो दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा द्रुत गतिमा बढ्दै गइरहेको शरणार्थी सङ्कट हो । युद्धग्रस्त देशमा फर्कने मानिसहरूको न्यून तथ्याङ्कले गर्दा अधिकारीहरूले केही चेतावनीहरू दिएका छन् ।

प्रतिक्रिया दिनुहोस