काठमाडौँ । नेपाली काँग्रेसले उम्मेदवारको छनोट गर्ने संसदीय समिति गठन नै नगरी टिकट वितरण गर्ने तयारी गरेको छ ।
विधान अनुसार महानगरको प्रमुख र उप प्रमुखको टिकट वितरण गर्ने अधिकार केन्द्रीय संसदीय समितिलाई हुनेछ । उक्त समिति गठन नै नगरी टिकट वितरण गर्ने तयारी भएको काँग्रेसका केही नेताहरू बताउँछन् । पार्टी प्रवक्ता डा प्रकाश शरण महतकाअनुसार संसदीय समिति गठन हुन नसके केन्द्रीय समितिले टिकट वितरण गर्नेछ ।
वर्तमान र पूर्व पदाधिकारीको संख्या २५ जनाको छ । यदि नेता शेखरलाई पनि बोलाएर टिकट वितरण गरियो भने २६ जनाले वितरण गर्नेछन् ।