८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जनप्रतिनिधि शासक नभएर जनताको सेवक हो’

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले जनप्रतिनिधि शासक नभएर जनताको सेवक बन्ने र सामाजिक जागरण र विकासका अभियन्ता हुने सङ्कल्पसहित स्थानीय निर्वाचन, २०७९ लक्षित घोषणापत्र जारी गरेको छ ।

च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा हिजो (शुक्रबार) सार्वजनिक घोषणापत्रमा एमाले नेतृत्वको पालिका सुशासनको नमुना बन्ने, भ्रष्टाचार नगर्ने र सदाचारको दृष्टान्त बन्ने उल्लेख छ ।

घोषणापत्रमा गुणस्तरीय शिक्षाका आधारमा प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधारमा ध्यान दिइने उल्लेख छ । सामुदायिक शिक्षालाई गुणस्तरीय, सीपमुलक र जीवन उपयोगी बनाइने उल्लेख छ ।

पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयन र निरोगी नेपाल निर्माण गरिने घोषणापत्रमा उल्लेख छ । नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी र सरसफाइको व्यवस्थामार्फत सुन्दर, सफा, सभ्य पालिकाको निर्माण गरिने उल्लेख छ ।

आधुनिक ऊर्जाको प्रयोगमार्फत उज्यालो पालिका बनाइने उल्लेख छ । कृषितर्फ, सिँचाइको विस्तार, कृषि भूमिको सही उपयोग र आधुनिक प्रविधिको माध्यमबाट कृषिको आधुनिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर र किसानलाई समृद्ध बनाइने उद्देश्य लिइएको छ ।

विकसित पालिका र सुरक्षित आवासका लागि एकीकृत बस्ती, योजनाबद्ध सहरी विकासको योजना अघि सारिएको छ ।

सो घोषणापत्रमा मौलिक कला, संस्कृति र सम्पदाको संरक्षण गर्दै स्थानीय पहिचानको अभिवृद्धि गर्ने र पर्यटनको विकासमार्फत रोजगारी र समृद्धि हासिल गर्ने उल्लेख छ ।

ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, असहायको संरक्षण गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस