७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक घर एक धाराले नर्जाखानीवासीको दैनिकी फेरियो

अ+ अ-

गलकोट । बागलुङको तमानखोला गाउँपालिका-६ स्थित नर्जाखानी गाउँका ११४ घरमा खानेपानीको धारा पुगेको छ ।

कुवा, ताल तथा तलाउको पानी उपभोग गर्दै आएका नर्जाखानी बासीको घर घरमा अहिले खानेपानीको पहुँच पुगेको छ ।

लामो समय स्थानीयवासीले खानेपानीको चरम अभाव भोग्दै आएको थियो । अहिले एक घर एक धारा कार्यक्रमअन्तर्गत खानेपानीको धारा जडान गरिएको तमानखोला गाउँपालिकाले जनाएको छ ।

गाउँमा पानीको अभाव हुँदा यहाँका स्थानीयवासीले एक गाग्री पानीका लागि घण्टौँ समय लगाएर खोलामा धाउनुपर्ने बाध्यता रहेको थियो । एक घर एक धारा निर्माणसँगै सो बाध्यता हटेर गएको छ । पालिकाकै सबैभन्दा दुर्गम गाउँमा एक घर एक धारा सञ्चालनमा आएपछि अहिले नर्जाबासीका लागि वरदान साबित भएको छ ।

नर्जाखानी गाउँकी मीन छन्त्याल अहिले घर घरमै धारो बनेको र बानी पनि प्रशस्तै आउँदा पहिलेको दुख बिर्सिएको बताए । उनले पानीको अभावका कारण विगतमा बिहान साँझ पानी बोक्न मै महिलाको दिन बित्ने गरेकोमा अहिले आफूहरूको दैनिकी नै फेरिएको बताए ।

एक घर एक धाराले गर्दा तरकारीलगायत अन्य खेती गर्न सहज भएको भन्दै समयको समेत बचत हुने गरेको उनको भनाइ छ । नर्जाखानीमा तमानखोला गाउँपालिकाले ३८ लाख लगानी गरेर एक घर एक घरा निर्माण गरेको छ । स्थानीय वासीलाई खानेपानीको साह्रै समस्या भएपछि पहिले खानेपानीको योजनामा लगानी गरेको तमानखोला गाउँपालिका–६ नर्जाखानीका वडाध्यक्ष कुलबहादुर छन्त्याल बताए ।

एक घर एक धारा निर्माणका लागि स्थानीयवासीले श्रमदान पनि गरेका छन् । यो अभियानअन्तर्गत नर्जा गाउँमा ११४ व्यक्तिगत धारा र दुई वटा सार्वजनिक धारा निर्माण गरिएको छन्त्यालले बताए । उनले वडा नम्बर ६ नर्जाखानीकै भित्रिवनमा पनि एक घर एक धारो निर्माण गरेको बताए । ‘हामीले यहाँका प्रत्येक बस्तीमा खानेपानीको व्यवस्थापनका लागि लागेका छौँ, अहिले भित्री वनमा पनि योजना सञ्चालनमा आएको छ, विभिन्न आर्थिक वर्षमा विनियोजन गरेको २० लाखले यहाँ काम भएको हो’, अध्यक्ष छन्त्यालले भने ।

तमानखोला गाउँपालिका भित्रका सबै वडाका नागरिकलाई स्वच्छ र सफा खानेपानी पुर्‍याउनका लागि तमानखोला गाउँपालिकाले विभिन्न योजना अगाडि बढाइरहको गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताए । गाउँपालिकासहित प्रदेश सङ्घ सरकार र साझेदार निकाय नेवा, कादुरी तथा ब्रिटिस गार्खा वेलफेयरमार्फत पनि खानेपानीको योजना निर्माणको काम अगाडी बढेको बताए ।

गाउँपालिकाले पालिकाका सबै बस्तीका नागरिकलाई स्वच्छ र सफा पानी सहज रूपमा खुवाउने उद्देश्यले काम गरेको उनले बताए । अध्यक्ष बुढामगरले अहिलेसम्म अधिकांश बस्तीमा एक घर एक धारो निर्माण गरेको भन्दै केही छुटेका बस्तीमा पनि निर्माण सुरु गरेको भन्दै केही समयमा सबै नागरिकले सहज रूपमा खानेपानी उपभोग गर्न पाउने बताए ।

प्रतिक्रिया दिनुहोस