१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेठ २ गते कुवेत-भैरहवा सिधा जोडिँदै

अ+ अ-

काठमाडौँ । आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीका दिन जजिरा एयरलाइन्सको जहाजले कुवेत–भैरहवा सिधा जोड्ने भएको छ ।

उक्त उडानका लागि आवश्यक गृहकार्य तयारी भइरहेको छ । बिहीबारदेखि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्स पहिलो व्यावसायिक उडान भर्ने विदेशी एयरलाइन्स हुने भएको छ ।

आगमी जेठ २ गते बुद्ध जयन्तीका दिन उक्त एयरलाइन्सले कुवेतबाट सिधै गौतम बुद्ध विमानस्थलसम्म उडान भर्ने अनुमति पाएको छ । यसै गरी उक्त एयरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन उडान गर्ने अनुमति लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले जानकारी दिए ।

प्राधिकरणले गौतम बुद्ध विमानस्थलबाट जेठ २ गते औपचारिक रूपमा अन्तर्राष्ट्रिय उडान थाल्ने कार्यक्रम तय गरेको छ । सोही दिनदेखि व्यावसायिक उडान गर्न प्राधिकरणमा हालसम्म जजिरा एयरले मात्र अनुमति लिएको बताइएको छ । यसै गरी अन्य वायुसेवा कम्पनीले पनि उडानका लागि चासो देखाइरहेको महानिर्देशक अधिकारीले बताए ।

उनले भने, ‘भैरहवाबाट जजिराले पहिलो अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाएको छ, अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाइरहेका छन् ।’ भैरहवाबाट कुवेत जानका लागि नेपालबाट ३० जनाले टिकट बुकिङ गरिसकेका छन् ।

प्राधिकरणले सो विमानस्थलबाट उडान गर्ने एयरलाइन्सलाई विशेष छुट दिने घोषणासमेत गरेको छ । त्यसका लागि प्राधिकरणले समितिसमेत बनाइसकेको छ । समितिले रिपोर्ट बुझाएपछि कतिसम्म छुट दिने र कहिलेसम्म दिने भन्ने विषयको निर्णयमा पुगिने महानिर्देशक अधिकारीको भनाइ छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि विधिवतरूपमा सञ्चालनमा आएको छ ।

विमानस्थलको पुरानो एक हजार ५०० मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार ५०० मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको छ । सो विमानस्थलमा न्यारोबडी र वाइड बडी दुवै जहाजले उडान र अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान सम्पन्न भइसकेको छ ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुआतमा निर्माण थालनी भएको विमानस्थलको काम बिचमा ठेकेदार कम्पनीको लापरबाहीले रोकिएको थियो ।

पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो ।

विमानस्थल चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएशन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो । एसियाली विकास बैङ्क (एडिबी)को सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ ।

कूल ४५ मिटर चौडाइ र तीन हजार ५०० मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घट्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस