२८ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धवलागिरिमा काँग्रेस–माओवादी तालमेल

अ+ अ-

म्याग्दी । आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरि गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेल गर्ने भएका छन् ।

दुवै पार्टीका पालिकास्तरका नेताले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, सात वडाका अध्यक्ष र सदस्यमा साझा उम्मेदवार बनाउने सहमति गरेका हुन् ।

गाउँपालिकाको अध्यक्ष, २, ३, ४ र ५ नं वडाको अध्यक्षमा काँग्रेस तथा १, ६ र ७ नं वडा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने भएका छन् ।

माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य किरन थापाले वडा सदस्यमा पनि साझा उम्मेदवार बनाउने सहमति भएको जानकारी दिए । गाउँपालिका अध्यक्षको उम्मेदवारमा काँग्रेसका पालिका सभापति प्रेम पुन चयन भएका छन् ।

उपाध्यक्षमा माओवादीका गाउँपालिका सचिव रेशम पुनलाई उम्मेदवार बनाउन सिफारिस भएको छ ।

काँग्रेसले वडा नं ३ को अध्यक्षमा देवेन्द्र रोकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । २, ४ र ५ नं वडाको अध्यक्षका उम्मेदवार छनोट हुन बाँकी छ ।

माओवादीले वडा नं ६ मराङमा चक्र पुन र वडा नं ७ ताकममा अशोक खत्रीलाई वडाध्यक्षको उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेको थियो ।

माओवादीको भागमा परेको वडा नं १ गुर्जाको वडाध्यक्षमा हालका वडाध्यक्ष झक छन्त्याललाई दोहोर्‍याउने भएको छ ।

काँग्रेसको भागमा परेको वडा नं ५ मल्कवाङको वडाध्यक्षमा अमर छन्त्याललाई उम्मेदवार बनाएको छ ।

दुई दलले सत्ता साझेदार नेकपा एकीकृत समाजवादीलाई पनि वडा तहमा समावेश गर्ने निर्णय गरेका छन् । कार्यपालिका सदस्य पनि बाँडफाँट गर्ने दुई दलको सहमति छ ।

दश हजार ९४० मतदाता भएको धवलागिरिमा १२ मतदान स्थल र १६ मतदान केन्द्र छन् ।

सत्ता साझेदार दलले गत चैत २४ गते जिल्लाका छ वटै स्थानीय तह र ४५ वटै वडामा साझा उम्मेदवार चयन गर्ने सैद्धान्तिक सहमति गरे पनि पालिका र वडा बाँडफाँटमा कुरा नमिलेपछि अन्य पालिकामा एकल उम्मेदवारी सिफारिस, छनोट र घोषणा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस