९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठुला दलले दाङका दुवै उपमहानगरपालिकामा उम्मेदवार टुङ्ग्याए

अ+ अ-

दाङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका दुवै उपमहानगरपालिकामा प्रमुख दलहरुले उम्मेदवारको नाम टुङ्ग्याएका छन् ।

सत्ता साझेदार दलबाट तुलसीपुर उपमहानगरपालिका प्रमुखमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) दाङका नेता जोगबहादुर राना उम्मेदवार बनेका छन् ।

त्यस्तै नेकपा (एमाले)ले निवर्तमान जिल्ला अध्यक्ष टीकाराम खड्कालाई प्रमुख र स्यानी चौधरीलाई उपप्रमुखमा उम्मेदवार बनाएको एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिए ।

घोराही उपमहानगरपालिकामा सत्ता साझेदारदलबाट माओवादी केन्द्रका हेमराज शर्मा नगरप्रमुखमा र उपप्रमुखमा काँग्रेसका भूपबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको काँग्रेस जिल्ला सभापति शङ्कर डाँगीले जानकारी दिए ।

एमालेले हालका नगरप्रमुख नरुलाल चौधरीलाई दोहोर्‍याएको छ भने उपप्रमुखमा हुमा डिसीलाई उम्मेदवार बनाएको छ ।

यसैबीच जिल्लामा आज मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार आज साना दलहरूलाई बिहान साढे १० बजेदेखि उम्मेदवारी दर्ताका लागि समय उपलब्ध गराइएको छ भने भोलि अर्थात् उम्मेदवारी दर्ताको अन्तिम दिन प्रमुख दललगायतले उम्मेदवारी दर्ता गर्नेछन् ।

सत्ता साझेदार दलका बीच सहमति

मुगु । सत्ता साझेदार दलहरूका बीच मित्रवत् प्रतिस्पर्धाको गरेर निर्वाचनमा जाने सहमति भएको छ ।

जिल्लामा रहेका चार स्थानीय तहमा ती दलबीच बाँडफाँटबारे शनिबार साँझ सहमति हुन नसकेपछि मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय गरेका थिए ।

आइतबार र सोमबार दुई दिन उम्मेदवारको मनोनयन दर्ताको समय भएकाले शनिबारसम्म सहमति गर्ने वा नगर्ने दबाबमा दलहरू थिए ।

केन्द्रको निर्णय नमान्दा आ–आफ्ना पार्टीमा जिल्लाको छवि खराब देखिने भएपछि जिल्लाका शीर्ष नेता शनिबार मध्यरातमा सहमतिमा पुगेका हुन् ।

सहमतिअनुसार छायाँनाथ रारा नगरपालिकामा रहेका १४ वडामध्ये नौ वडासहित नगरप्रमुख, खत्याड र सोरु गाउँपालिकामा रहेका ११ वडामध्ये ५–५ वडासहित उपाध्यक्ष र मुगुम कार्मारोङमा रहेका नौ वडामध्ये ५ वडासहित अध्यक्षमा काँग्रेसलाई सत्ता साझेदार दलहरूले सहयोग गर्ने सहमति भएको काँग्रेस मुगुका उपसभापति हरिजङ्ग शाहीले जानकारी दिए।

यस्तै छायाँनाथ रारामा उपप्रमुख, खत्याडमा अध्यक्ष र मुगुम कार्मारोङमा उपाध्यक्ष माओवादीले र सोरुको प्रमुख समाजवादीले उम्मेदवार उठाउने सहमति भएको थियो ।

वडा सङ्ख्या मात्र सहमति भएकाले जिल्लाभरि कुन–कुन वडा कुन पार्टीले लिने र कति सदस्य कसले लिनेबारे आज सहमति गरेर उम्मेदवार टुङ्गो लगाउने र उम्मेदवारी दर्ता गठबन्धन दलहरुले सोमबार गर्ने उपसभापति शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस