काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे सात किलोग्राम कोकिनसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जम्बिएन र भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई केही दिनअघि प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो ।
जम्बिएन नागरिकलाई नेपाल भित्रँदै गर्दा विमानस्थलबाटै र भारतीय नागरिकलाई फलोअपपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।