८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह’

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग प्रधानसेनापति महारथी प्रभुराम शर्माले आज भेटवार्ता गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच विद्युत्को विकास तथा खपतका विषयमा छलफल भएको थियो ।

मन्त्री भुसालले विद्युत् खपत बढाउन नेपाली सेनालाई आग्रह गरिन् । सेनाको भान्सामा प्रयोग भइरहेको अन्य इन्धनलाई बिजुलीले विस्थापित गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘अब नेपाली सेनाका भान्सामा जलविद्युत् नै प्रयोग गरौँ । त्यसका लागि आवश्यक पर्ने पूर्वाधार तयार गर्न मन्त्रालय तयार छ ।’

उनले नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा परिणत गर्न र आगामी दिनमा विद्युतीय सवारी साधन नै खरिद गर्ने गरी निर्णय लिन पनि आग्रह गरिन् ।

आफूले निरन्तर विद्युत् खपत र निर्यातलाई जोड दिइरहेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘विद्युत् खपत बढाएर स्वदेशी ऊर्जालाई प्रवर्द्धन गर्नु हामी सबैको दायित्व हो । विद्युत् खपत हुँदा हाम्रो पुँजी बाहिर जाँदैन ।’

मन्त्री भुसालले नेपाली सेनाले पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा जलविद्युत् परियोजनाको विकासमा पनि सेनाको योगदान रहने विश्वास व्यक्त गरिन् ।

प्रधानसेनापतिले नेपाली सेनाको भान्सा विद्युतीकरणतर्फ अगाडि बढेको र आगामी दिनमा त्यसलाई पूर्णरूपमा लागू गर्दै लैजाने विश्वास दिलाए ।

उनले भने, ‘हामीले खाना पकाउनका लागि ठुलो स्टिमरको प्रयोग गर्न सुरु गरेका छौँ, आगामी दिनमा सबै ब्यारेकमा विद्युतीय चुल्हो प्रयोग गर्दै लैजाने छौँ ।’

महारथी शर्माले नेपाली सेनाले प्रयोग गर्दै आएको पेट्रोलियम सवारी साधनलाई विद्युतीयमा ‘कन्भर्ट’ गर्न सुरु गरिसकेको जानकारी दिँदै भने, ‘मैले विद्युतीय गाडी नै चढ्छु । आगामी दिनमा खरिद गर्ने सवारी साधन विद्युतीय नै हुनेछ ।’

वातावरण संरक्षण र देशको अर्थतन्त्रमा टेवा दिन विद्युत् खपत बढाउनुपर्ने आफ्नो धारणा रहेको बताउँदै उनले नीतिगतरूपमै सरकारले निर्णय गरे नेपाली सेनाले पनि जलविद्युत् विकासमा लगानी गर्न सक्ने धारणा राखे । उनले जलविद्युत् परियोजनाको विकासमा नेपाली सेनाले सहजीकरण गर्ने विश्वास दिलाए ।

छलफलमा मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थिति थियो ।

त्यसअघि ऊर्जामन्त्रीले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग विद्युत् खपतका विषयमा विभिन्न चरणमा छलफल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस