२७ चैत्र २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गभर्नर अधिकारीको रिटमा सुनुवाइ जारी

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले आफूमाथि भएको छानबिन समिति गठन र निलम्बनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने आदेशका लागि सुनुवाइ भइरहेको छ ।

सरकारले विभिन्न आरोप लगाउँदै छानबिनका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा समिति गठन गरेपछि गभर्नर अधिकारी निलम्बित भएका थिए ।

उक्त निलम्बनविरुद्ध अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा वैशाख ६ गते अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

अन्तरिम आदेशका लागि मङ्गलवार पेसी तोकिएकोमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको इजलासमा सुनुवाइ भइरहेको छ । गभर्नर अधिकारीको पक्षबाट कानुन व्यवसायी नरेन्द्र गौतम र सुरेन्द्र थापाले बहस गरेका छन् ।

उनीहरूले गभर्नरको कार्यकाल निश्चित भएकाले हटाउन नमिल्ने, गभर्नरलाई पूर्व अवस्थामा कारबाही गर्न नमिल्ने र छानबिन समितिको वैधानिकतामाथि प्रश्न उठाएका छन् ।

छानबिन समितिमा अर्थमन्त्री जनार्दन शर्माको नाता पर्ने पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारी र उनको पार्टीका कार्यकर्ता राखिएको भन्दै कानुन व्यवसायीले प्रश्न उठाएका हुन् ।

मन्त्रिपरिषद्को २०७७ चैत २४ गतेको निर्णयबाट गभर्नर निलम्बन परेका थिए । सुनुवाइ जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस