१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन शान्तिपूर्ण तवरले घोषित मितिमा नै हुन्छ : गृहमन्त्री खाण

अ+ अ-

चितवन । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचन घोषणा भएकै मितिमा हुने बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खाणले निर्वाचन शान्तिपूर्ण वातावरणमा तोकिएकै मितिमा निस्पक्ष तवरले हुने बताए ।

प्रतिपक्षी दलका नेताले सरकार निर्वाचन नगर्ने मनसायमा रहेको छ भन्दै हुनुहुन्छ नि भन्ने प्रश्नमा उनले भने, ‘संविधानसभाको निर्वाचन हुँदैन भन्थे भयो, काँग्रेसको महाधिवेशन हुँदैन भन्थे भयो यो हल्ला हो ।’

बागी उम्मेदवारका सम्बन्धमा मन्त्री खाणले काँग्रेसका स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिनेमा विश्वस्त रहेको बताए । उनले भने, ‘यहाँ मेरा अग्रज नेताहरू हुनुहुन्छ । समकालीन हुनुहुन्छ । उहाँहरूसँग संवाद र छलफल गरेर कसरी पार्टीलाई अघि बढाउने चितवनको प्रतिष्ठा कसरी जोगाउने, मतदातालाई कसरी अपिल गर्ने त्यसमा सबैसँग परामर्श गरेर अघि बढ्छौँ ।’

उम्मेदवारी फिर्ता लिने समय रहेको भन्दै उनले भने, ‘पार्टीको निर्णयलाई सहजतापूर्वक लिएर उम्मेदवारी फिर्ता लिनुस् भनिएको छ । विश्वास छ नेता कार्यकर्ताले आफूले दिनुभएको उम्मेदवारी फिर्ता लिनुहुन्छ ।’ काँग्रेसका नेता साथीहरूलाई कसरी सम्मान गर्न सकिन्छ भन्ने विषयमा मन र हृदय लिएर आफू चितवन आएको उनको भनाइ थियो ।

अहिलेको गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको भन्दै उनले भने, ‘अहिले राष्ट्रिय राजनीति गठबन्धनको जगमा उभिएको छ ।’ यसलाई सबैले सहजतापूर्वक लिनुपर्ने उनको भनाइ थियो । उनले भने, ‘लोकतन्त्रको रक्षा र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक छ ।’

काङ्ग्रेसको भावना प्रतिकूलभन्दा पनि यो गठबन्धन गर्दा खेरी आफूले चाहेको मात्रै नहुने बताउँदै उनले भने, ‘अर्को राजनीतिक शक्ति जो गठबन्धनमा आबद्ध छ, त्यो शक्तिसँग पनि संवाद छलफल हुन्छ । कहिलेकाहीँ एक कदम पछाडि पनि हट्नुपर्ने हुन्छ ।’ मन्त्री खाणले शीर्ष नेताले निर्णय गर्नुभएकाले सो निर्णयलाई कार्यान्वयन गर्ने क्रममा सबैले त्यति नै योगदान पुर्‍याउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस