७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वालिङ नगरपालिकामा २५२ जनाको उम्मेदवारी

अ+ अ-

वालिङ । आसन्न स्थानीय तहको निर्वाचनमा स्याङ्जाको वालिङ नगरपालिकामा २५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

वालिङमा ७२ जनप्रतिनिधिका लागि उनीहरुको उम्मेदवारी परेको हो ।

वालिङ नगरपालिकाका निर्वाचन अधिकृत उदवीर नेपालीका अनुसार नेकपा (एमाले), नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन र स्वतन्त्रबाट उम्मेदवारी परेको छ ।

दलहरुले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

नगर प्रमुखमा आठ जनाको उम्मेदवारी परेको छ भने महिलाको सङ्ख्या शून्य छ । एमाले, काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, राप्रपा र मङ्गोल अर्गनाइजेसनबाट एक/एक जना तथा स्वतन्त्रबाट दुई जनाको प्रमुखमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत नेपालीले बताए ।

त्यसै गरी उपप्रमुखमा पाँच महिलाको मात्रै उम्मेदवारी दर्ता भएको छ । चौध वडा रहेको वालिङ नगरपालिकामा वडाध्यक्षमा ५७ पुरुष र दुई महिलाको उम्मेदवारी परेको छ ।

यस्तै २८ खुला सदस्यमा ८८ पुरुष र पाँच महिला, महिला सदस्यमा ४५ र दलित महिला सदस्यमा ४३ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस