१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीवाईसी लघुवित्तको आईपीओ बाँडफाँड

अ+ अ-

काठमाडौँ । सीवाईसी लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज (बिहीबार) बिहान आईपीओ बाँडफाँड गरेको हो ।

लघुवित्तले बिक्रीमा ल्याएको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार योग्य आवेदकहरूलाई गोला प्रथाका माध्यमबाट सेयर बाँडफाँट गरिएको छ ।

योग्य आवेदकलाई न्यूनतम १० कित्ताका दरले आईपीओ वितरण गर्दा ३६ हजार ९४८ जनालाई तीन लाख ६९ हजार ४८० कित्ता सेयर बाँडफाँड भएको छ ।

बाँकी रहेका आठ कित्ता सोहीमध्ये १० कित्ताभन्दा बढी आवेदन दिने आठ जनालाई थप एक कित्ताका दरले बाँडफाँड गरिएको छ ।

कम्पनीले यही वैशाख २ गतेदेखि ६ गतेसम्म कुल तीन करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको तीन लाख ९५ हजार ३३६ कित्ता आईपीओ बिक्रीमा ल्याएको थियो ।

जसमा १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरूका लागि छुट्ट्याएर बाँकी तीन लाख ६९ हजार ४८८ कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिएको छ ।

लघुवित्तको आईपीओमा कुल २२ लाख पाँच हजार ६३३ जनाको आवेदन परेको थियो ।

त्यसमध्ये तीन हजार २७२ जनाको आवेदन रद्द हुँदा २२ लाख दुई हजार ३६१ आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी आठ करोड २१ लाख आठ हजार २४० रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस