७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अभिव्यक्ति स्वतन्त्रतालाई समृद्ध बनाएर लैजानु सबैको दायित्वः मन्त्री कार्की

अ+ अ-

काठमाडौँ । ‘लोकतन्त्रको आधारशिला : व्यावसायिक र जिम्मेवार पत्रकारिता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय पत्रकारिता दिवस भव्यरूपमा मनाइने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको सातौँ राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिको बैठकले सो नारा तय गर्नुका साथै विभिन्न कार्यक्रमको आयोजना गरी दिवसलाई भव्यरूपमा मनाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले आमसञ्चार, पत्रकारिता, सञ्चारसम्बद्ध संस्था, आमसञ्चारसम्बन्धी प्रतिष्ठान र सञ्चारगृहले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । साथै सञ्चारमाध्यम, सञ्चारगृह र पत्रकारलाई विशेषाङ्क, लेख, संवाद, अन्तर्वार्तालगायतका कार्यक्रम प्रकाशन र प्रसारण गर्न एवं यस वर्षको दिवसको नारालाई उच्च प्राथमिकताका साथ प्रकाशन–प्रसारण गर्न लगाउने निर्णय बैठकले गरेको छ । दिवसका अवसरमा यही वैशाख २३ देखि २५ गतेसम्म आमसञ्चारसम्बन्धी प्रतिष्ठान र सञ्चारगृहले बेलुका दीपावली गर्न पनि अनुरोध गरिएको छ ।

सो अवसरमा नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले नेपालको संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई समृद्ध बनाएर लैजान सबैले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘दक्षिण एसियामा नै नेपाललाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता भएको मुलुकका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध छ र यसमा सम्बद्ध निकायहरू पनि उत्तिकै जिम्मेवार रहनुपर्दछ ।’

पत्रकारिता दिवसका अवसरमा तय गरिएको नाराअनुसार समाजलाई निर्देशित गर्न पनि उत्तिकै अग्रसरताको खाँचो रहेको मन्त्री कार्कीले औँल्याए । उनले पत्रकारिता दिवसका अवसरमा पुरस्कृत हुने व्यक्तित्वले जनतालाई प्रेरित गर्न सक्नुपर्ने बताए ।

सो अवसरमा मन्त्रालयका सचिवलगायत उच्च अधिकृत एवं मातहतका विभिन्न सञ्चारमाध्यमका प्रमुख, सञ्चारसम्बन्धी विभिन्न व्यावसायिक तथा पेशागत संस्थाका प्रतिनिधिको उपस्थिति थियो । वैशाख २४ गतेलाई सरकारले विगत सात वर्षदेखि औपचारिकरूपमा राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस