६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयुक्त राष्ट्रसंघद्वारा युक्रेन सङ्कटमा आफ्नो असफलता स्वीकार

अ+ अ-

काठमाडौँ । युक्रेनमा रुसले आक्रमण गरेको दुई महिनाभन्दा बढी भइसकेको छ । यसै क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पहिलो पटक युक्रेनको भ्रमण गरेका छन् । गुटेरेस युक्रेनको राजधानी किभमा रहँदा रकेट आक्रमण पनि भएको थियो ।

भ्रमणका क्रममा गुटेरेसले सुरक्षा परिषद्को पनि आलोचना गरेका थिए । गुटेरेसले युक्रेनमा युद्ध रोक्न र अहिले युद्ध अन्त्य गर्न काउन्सिल असफल भएको बताए । यो पक्कै पनि ठुलो निराशा, रिस र आक्रोशको कारण भएको उनले बताए । उनले थपे, ‘म स्पष्ट रूपमा भन्न चाहन्छु कि यो युद्धलाई टार्न र आफ्नो क्षमताले अन्त्य गर्ने प्रयासमा पूर्ण रूपमा असफल भएको छ।’

संयुक्त राष्ट्र सुरक्षा परिषद् विशेष गरी विश्व शान्ति र सुरक्षाको लागि भएको तर युक्रेन सङ्कटको मामलामा यो पूर्ण रूपमा असफल भएको उनको जिकिर थियो छ। फेब्रुअरीमा युक्रेनमा सुरु भएको युद्ध रोक्न नसकेको भन्दै संयुक्त राष्ट्रको आलोचना पनि भएको छ । युक्रेन सरकारले समेत यसको निन्दा गरेको छ । रुस संयुक्त राष्ट्र सुरक्षा परिषद्को पाँच स्थायी सदस्यहरू मध्ये एक हो र यस मुद्दामा एक पटक भन्दा बढी आफ्नो भिटो शक्ति प्रयोग गरेको छ।

बिहीबार, संयुक्त राष्ट्रका महासचिवले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा गुटेर्रेसले राष्ट्रपति जेलेन्स्की र युक्रेनका जनतालाई सम्बोधन गर्दै भने, ‘हामी हार मान्दैनौँ भन्नको लागि म यहाँ आएको हुँ ।’ तर, उनले एकातिर सुरक्षा परिषद्लाई ‘पक्षघात’ भएको बताए पनि संयुक्त राष्ट्रसङ्घले अन्य महत्त्वपूर्ण कदम चालेको भन्दै राष्ट्रसङ्घको बचाउ पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस