काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने काँग्रेसले चेतावनी दिएको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भए आज (शुक्रबार) १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।
‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ ९(१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने ब्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा लेखिएको छ ।
प्रेस विज्ञप्ति यस्तो छ !
