८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी र जसपाबीच तालमेल, मिथिलामा बदलियो चुनावी समीकरण

अ+ अ-

काठमाडौँ । धनुषाको मिथिला नगरपालिकामा चुनावी समीकरण बदलिएको छ । अन्तिम समयमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले तालमेल गरेपछि चुनावी समीकरण बदलिएको हो ।

गत निर्वाचनमा नेकपा एमालेका हरिनारायण महतोले मिथिला नगरपालिको मेयरमा जितेका थिए । एमालेले यो पटक राजाराम महतोलाई मेयरको उम्मेदवार बनाएको छ । टिकट नपाएपछि रुष्ट बनेर बागी उम्मेदवार बनेका निवर्तमान मेयर हरिनारायणले शुक्रवार उम्मेदवारी फिर्ता लिए ।

हरिनारायणले उम्मेदवारी फिर्ता लिने सुइको पाए लगत्तै नेपाली काँग्रेस, माओवादी र जसपाका नेताहरुले तालमेलको प्रयास गरे । तर काङ्ग्रेससँग कुरा नमिलेपछि माओवादी र जसपाबीच तालमेल गरेको बुझिएको छ ।

माओवादीले मेयर र जसपाले उपमेयर लिएर तालमेल गरेका छन् । मिथिला नगरपालिकामा ११ वडा छन् । जसमध्ये माओवादीले ६ वटा र जसपाले ५ वटा वडा पाएका छन् ।

सहमतिअनुसार शुक्रबार जसपाबाट मेयरका उम्मेदवार चन्देश्वर महतो र माओवादीकी उपमेयरका उम्मेदवार विमला अधिकारीले उम्मेदवारी फिर्ता लिएकी छन् ।

अब माओवादीका मेयर उम्मेदवार रामकुमार महतो र जसपाकी उपमेयर उम्मेदवार मनुमाया मोक्तानले चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने छन् ।

एमालेबाट राजाराम महतो र काङ्ग्रेसबाट महिन्द्र महतोले मेयरका प्रतिस्पर्धा गर्नेछन् । गत निर्वाचनमा राजाराम काँग्रेसका बागी उम्मेदवार थिए । निर्वाचनपछि उनी एमालेमा प्रवेश गरे र अहिले एमालेबाट टिकट पाउन सफल भए ।

यो नगरपालिकामा एमाले र काँग्रेस अब्बल छन् । त्यसैले माओवादी र जसपा तालमेल गरेर प्रतिस्पर्धामा उत्रेका छन् । अब गठबन्धन, काँग्रेस र एमालेबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस