१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्ली स्याउ-बगैँचा फुलेर ढकमक्क

अ+ अ-

खलङ्गा । कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फुलेर सेताम्मे भएका छन् । स्याउका फूलले यहाँको वातावरण निकै रमणीय देखिन्छ ।

जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुसी पनि देखिन्छन् । उनले भने, ‘जुम्ला अर्ग्यानिक स्वादिलो स्याउ पाइने जिल्लाका रूपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचामा फूल फुलेर अहिले सेताम्य भएको छ ।’

उनका अनुसार चैत वैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिक महिनामा पाक्ने गरेको छ ।

इटलीबाट फुजी स्याउका बिरुवा ल्याएर स्याउ खेती गरेसँगै अहिले जिल्लाभरि उक्त जातको स्याउ फैलिएको छ । यहाँका आठ वटै स्थानीय तहमा स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख गङ्गा पोखरेलले जानकारी दिए ।

अहिले जिल्लाभर तीन जातका स्याउ फल्ने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । यहाँ गोेल्डेन डेलिसेस, इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् ।

अधिकांश स्थानमा स्थानीय अर्ग्यानिक विकासे स्याउ पनि फल्ने गरेका छन् । जुम्लाको स्याउले सुर्खेत, नेपालगन्ज, धनगढी, काठमाडौँ, पोखरालगायत देशका ठुला सहरमा पनि निकै आकर्षक बजार लिएको छ ।

पछिल्लो समय जिल्ला बाहिर स्याउको माग पनि बढ्दै गएको छ । जुम्ली स्याउको माग बजारमा अत्यधिक हुने गरेको स्थानीय व्यापारी बताउँछन् । पछिल्लो समयमा यहाँका स्थानीय तहका गाउँघरसम्म सडक सञ्जाल जोडिएपछि स्याउ ढुवानीमा सहजता भएको स्याउ किसान पदम बुढाले बताए ।

पछिल्लो समय जुम्ली किसानको स्याउ खेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । जुम्लाका साढे १६ हजार घरपरिवार स्याउ खेतीमा निर्भर छन् ।

जुम्लाको कूल ३९ हजार ४३५ हेक्टर खेतीयोग्य जमिन छ । त्यसको तीन हजार ७०० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ । जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालीले १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्ग मिटर क्षेत्रफलको जग्गा भाडामा लिएर फुजी स्याउ खेती गरेको छ । जसमा तीन हजार ५०० फुजी जातको स्याउको बिरुवा लगाइएको छ ।

यहाँको स्थानीय जातको स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएकाले किसान यो स्याउ खेतीमा आकर्षण भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस