८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आचारसंहिता उल्लङ्घन : काँग्रेस नेता कोइराला सहित यी पाटीहरूलाई निर्वाचन आयोगले सचेत गरायो !

अ+ अ-

काठमाडौँ। निर्वाचन आयोगले नेपाली काँग्रेसका नेता शशाङ्क कोइराला, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी लगायतलाई सचेत गराएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले उनीहरूलाई सचेत गराएको हो ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २१ लाख ७५ हजार खर्च गरेको विवरण आयोगमा पेस गरेको तर केही साताअघि काँग्रेस नेता कोइरालाले ६ करोड खर्च भएको भनी दिएको अभिव्यक्ति सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको हो ।

‘जिम्मेवार पदाधिकारीबाट संवैधानिक निकायले बनाई लागू गरेको निर्वाचन आचारसंहिता, २०७८ लाई चुनौती दिने गरी बोलिएको अभिव्यक्ति आमसञ्चार माध्यममा आउनु कसैको लागि पनि हितकर विषय होइन,’ आयोगको निर्णयमा भनिएको छ, ‘निर्वाचनमा गरेको खर्चको विवरण आयोगमा एउटा पेस गर्नु र सार्वजनिक कार्यक्रममा अर्कै अभिव्यक्ति दिनु सार्वजनिक जवाफदेहिताको पदमा बसेको पदाधिकारीको लागि सुहाउने विषय होइन ।’ आयोगले उनलाई आचारसंहितामाथि अनास्था पैदा हुने अभिव्यक्ति नदिन सचेत गराउँदै त्यसको जानकारी नेपाली काँग्रेसलाई पनि पठाउने निर्णय गरेको छ ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आयोगले सचेत गराएको छ । उनले पनि निर्वाचन खर्चका बारेमा प्रतिक्रिया दिएका थिए । आयोगले निर्णयमा भनेको छ, ‘निर्वाचन खर्चको अभिलेख अनुसारको रकम र हाल व्यक्त गर्नुभएका अभिव्यक्ति एक आपसमा फरक भएको देखिन्छ । अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउने ।’

यस्तै निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै एकीकृत समाजवादीलाई पनि सचेत गराएको छ । उसले २६ चैत २०७८ मा भृकुटीमण्डपमा गरेको जनसभामा आचारसंहिता विपरीत दलको झन्डा र बालबालिकाको प्रयोग गरेको आयोगको निष्कर्ष छ ।

साथै कुलमान घिसिङको फोटो राखी चुनावी प्रचार सामग्री बनाएको भन्दै आयोगले नेकपा माओवादी केन्द्रलाई पनि सचेत गराउने निर्णय गरेको छ ।

२७ चैत २०७८ मा मकवानपुरको हेटौँडामा गरेको कार्यक्रममा आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले राप्रपालाई पनि सचेत गराएको छ । राप्रपामाथि पनि आचारसंहिता विरुद्ध झन्डा र बालबालिकाको प्रयोगको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस