८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइजिपीद्वयको बिदाइ

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) को बिदाइ गरेको छ ।

सुरक्षा अङ्गमा ३० वर्षे सेवा अवधिका कारण आज राति १२ बजेदेखि अनिवार्य अवकाश लिन लागेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीलाई आज बिदाइ गरिएको हो ।

बिदाइ समारोहमा गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकको जीवन रक्षामा हरतरहले खटिने प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यस सङ्गठनको सफल नेतृत्व गरेकोमा दुवै महानिरीक्षकलाई धन्यवाद तथा बधाई दिए ।

साधन स्रोत सीमित हुँदाहुँदै पनि सीमा सुरक्षा, अवाञ्छनीय गतिविधि नियन्त्रण अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, विपद् व्यवस्थापनलगायत नागरिकको जीवन रक्षामा खटिएको उल्लेख गर्दै गृहमन्त्री खाँणले यसपालि नेपाल प्रहरीमा नयाँ दरबन्दी सिर्जना गरेर २० हजारभन्दा बढी प्रहरी कर्मचारीका लागि अवसर प्रदान गरिएको बताए । त्यसका लागि महानिरीक्षक थापाको योगदान विशेष रहेको उनले सुनाए।

मन्त्रालयले प्रहरीले १६ वर्षमा नै अवकाश लिन सक्ने र २० वर्षमा निवृत्तिभरण पाउने व्यवस्था गर्न लागिएको जानकारी दिँदै उनले प्रहरीको ३० वर्षे सेवा अवधिका विषयमा समेत छलफल भइरहेको बताए ।

समारोहमा गृहसचिव टेकनारायण पाण्डेले दुवै महानिरीक्षकबाट नेपाल सरकारलाई भविष्यमा विज्ञ सेवा प्राप्त हुने विश्वास व्यक्त गर्दै भावी सुखमय जीवनको शुभकामना दिए ।

कार्यक्रममा महानिरीक्षकद्वयले आफ्नो कार्यकालमा भए गरेका क्रियाकलाप र कार्यकालको अनुभूतिबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस