१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मे महिनाको अन्त्यतिर युक्रेनमा अमेरिकी दूतावास पुनर्स्थापना हुने

अ+ अ-

किभ । अमेरिकाले युक्रेनमा यही मे महिनाको अन्त्यसम्ममा आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ ।

रुसी आक्रमणमा परेको युक्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास फेरि पुनर्स्थापना गर्न लागेको हो ।

गत फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेपछि सुरक्षाको कारण देखाउँदै अनिश्चितकालका लागि दूतावास बन्द गरेको अमेरिकाले युद्ध नरोकिए पनि अहिले दूतावास पुनर्स्थापना गर्न लागेको अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी कूटनीतिज्ञहरुका अनुसार दूतावास पुनर्स्थापनाका लागि आवश्यक गृहकार्य तीव्र रुपमा भइरहेको छ ।

‘हामीले धेरै नै चाँडै दूतावास पुनर्स्थापना हुने अपेक्षा गरेका छौँ, त्यसका लागि अमेरिकाको तर्फबाट गर्नुपर्ने गृहकार्य भइरहेको छ,’ एक सरकारी अधिकारीले पत्रकार सम्मेलनमा सोमबार भने ।

युक्रेनमाथि रुसले गरेको आक्रमणको सबैभन्दा चर्को विरोध गर्दै आएको अमेरिकाले रुसी आक्रमणकारीले आफ्नो दूतावासमा पनि आक्रमण गर्ने खतरा रहेको भन्दै दूतावास बन्द गरेर आफ्ना सबै कर्मचारीहरूलाई स्वदेश फिर्ता गरेको थियो ।

अमेरिकाले युक्रेनमाथि रुसले आक्रमण गर्न लागेको आरोप आक्रमण हुनुभन्दा केही दिन अगाडि देखि नै लगाउँदै आएको थियो । तर रुसले भने आक्रमणको तयारी नभएको दाबी गर्दै आएको थियो । अन्ततः फेब्रुअरी २४ मा अमेरिकाको आरोप सत्य सावित भयो ।

रुसको आक्रमणका कारण अहिलेसम्म युक्रेनमा सयौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।

दुई देशको विवाद चर्किँदै गएपछि युद्धमा परिणत भएको हो । वार्ताको माध्यमबाट तत्काल युद्ध अन्त्य गर्न विश्व समुदायले आग्रह गरेको छ ।

सर्वत्र आग्रहका आधारमा आक्रमण भएको पहिलो हप्तामा केही चरणमा वार्ता भए पनि सफल हुन नसकेपछि युद्ध अहिले पनि जारी छ ।

प्रतिक्रिया दिनुहोस