१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदिरा सेवन तथा बिक्री वितरण रोक लगाइने

अ+ अ-

गोरखा । गोरखा जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा निर्वाचनका बेला शान्ति सुरक्षामा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै यही वैशाख २५ गतेदेखि आगामी जेठ ७ गतेसम्म जिल्लाभर मदिराको प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो ।

जिल्लाभर नै होटल, रेष्टुरेण्टलगायत अन्य पेसा व्यवसाय बिहान ७ बजेदेखि साँझ ९ः३० बजेसम्म मात्र सञ्चालन गर्न पाउने सोमबार बसेको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिए ।

निर्वाचनका लागि प्रचारका क्रममा दलहरुबीच शान्ति सुरक्षामा खलल हुने खालका गतिविधि हुन नदिन एकै स्थान, समय र बाटो पर्ने गरी कार्यक्रम आयोजना नगर्ने, चुनाव प्रचारप्रसारका लागि कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई जानकारी गराएर मात्र सञ्चालन गर्ने सहमति पनि सर्वपक्षीय बैठकमा भएको उनको भनाइ थियो।

बैठकमा निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने, दलहरुबीच प्रचारप्रसारका कार्यक्रम गर्दा सामाजिक सद्भाव कायम राख्ने गरी सञ्चालन गर्ने र निर्वाचन अवधिभरसम्म आवश्यक पर्ने अत्यावश्यक बस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ, चेम्बरतर्फ कर्मसलगायत सङ्घसंस्थाले आवश्यक व्यवस्था मिलाउने सहमति पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस