काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको लहर डरलाग्दो रूपमा फैलिँदा पनि कसैले चुनावी मुद्दा नबनाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
आज (बुधबार) बिहान सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै थापाले संविधानले नै निषेध गरेको सङ्गठित धर्म परिवर्तन रोक्न कुनै पनि स्थानीय तहका उम्मेदवारका प्रतिबद्धतामा नपरेको बताएका छन् ।
‘धर्म परिवर्तनको डढेलो देशभर डरलाग्दो रूपमा फैलिरहेको छ। तर,कसैले पनि यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन्’, उनले लेखेका छन्, ‘संविधानले नै निषेध गरेको प्रलोभन र भ्रममा पारेर गरिने सङ्गठित धर्म परिवर्तन आफ्नो पालिकामा रोक्छौँ भन्ने प्रतिवद्धता समेत कुनै दलले व्यक्त गरेनन्।’
धर्मपरिवर्तनको डढेलो डरलाग्दो रुपमा फैलिरहेको छ।कसैले पनि यो विषयलाई चुनावी मुद्दा बनाएका छैनन्।संविधानले निषेध गरेको संगठित धर्मपरिवर्तन आफ्नो पालिकामा रोक्छौ भन्ने प्रतिवद्धता समेत कुनै दलले व्यक्त गरेनन्।सनातन धर्म नासियो भने पहिचान र एकता कमजोर हुन्छ भन्ने हेक्का कसैलाई भएन
— Kamal Thapa (@KTnepal) May 4, 2022
उनले सनातन धर्म नासिए पहिचान र एकता कमजोर हुने उल्लेख गरेका छन् ।