८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवाको गृह जिल्लाका काँग्रेसको शक्ति परीक्षण, एकल उम्मेदवार चुनावी मैदानमा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका सातमध्ये कुनै पनि पालिकामा काँग्रेसले चुनावी तालमेल नगरी एकल उम्मेदवारी दिएको छ । जिल्लाका दुई नगरपालिकाको प्रमुख र उपप्रमुख र पाँच गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसले उम्मेदवारी दिएको छ ।

अजयमेरु गाउँपालिका अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनमा रहेको नेपाली काँग्रेसले टेकराज पाण्डेय र नेकपा माओवादी केन्द्रले उमेशप्रसाद भट्टराई अध्यक्ष पदमा उम्मेदवार बनाएको छ । यो पालिकाको अध्यक्षमा नेकपा एमालेले पदमबहादुर पाललाई उम्मेदवार बनाएको छ । यस्तै, धनबहादुर साउद र प्रकाश बहादुर ऐरले भने अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यो पालिकाको उपाध्यक्षमा भने चार जनाले उम्मेदवारी दिएका छन् । जस अनुसार नेपाली काँग्रेसले बसन्ती पाललाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । यस्तै, नेपाली काँग्रेस (बिपी) बाट रामचन्द्र ऐर, नेकपा माओवादी केन्द्रबाट कलावती भाड उपाध्यक्षको उम्मेदवार छन् । यहाँ टेकराज पनेरुले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसैगरी अमरगढी नगरपालिका मा पनि सत्तारुढ गठबन्धनले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् । यो पालिकाको प्रमुखमा नेपाली काँग्रेसले डिल्लीराज जोशीलाई उम्मेदवार बनाएको छ भने नेकपा माओवादी केन्द्रले लक्ष्मण सिंह, नेकपा एकीकृत समाजवादीले सङ्गीता कुमारी भण्डारीलाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।

यस्तै, जसपा नेपालबाट नरभान पार्की, राष्ट्रिय जनमोर्चाबाट पवनकुमार विट, नेपाली काँग्रेस (बिपी) बाट हरिप्रसाद भट्ट, राप्रपाबाट गणेशबहादुर भण्डारी प्रमुख पदको उम्मेदवार छन् ।

यस्तै, उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका कविता जोशी, नेपाली काँग्रेसका पार्वतीदेवी झुकाल, नेकपा एमालेका यज्ञराज अवस्थी, नेकपा एकीकृत समाजवादीका भुवनराज पाठक र नेकपा माओवादी केन्द्रका शशीदेवी अवस्थी उम्मेदवार छन् ।

यसैगरी आलिताल गाउँपालिकामा पनि सत्तारुढ गठबन्धनबिच तालमेल भएको छैन । यो पालिकाको अध्यक्षमा नेपाली काँग्रेसले बलबहादुर गुरुङ, नेकपा माओवादी केन्द्रले शेर सिंह पार्की, नेकपा एकीकृत समाजवादीले तुलाराम बोहरा, नेकपा एमालेले मीनबहादुर बोगटी, राप्रपाले जितबहादुर थापामगर र टेकबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस्तै, उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट लक्ष्मी भट्ट(धामी), नेकपा एमालेबाट शान्ति भट्ट (जोशी) नेपाली काँग्रेसबाट जला कुमारी विष्ट (बोगटी), राप्रपाबाट रेवतीदेवी थापा र नेकपा माओवादी केन्द्रबाट मैनाकुमारी रावलले उम्मेदवारी दिएका छन् ।

यसैगरी गन्यापधुरा गाउँपालिकामा अध्यक्षमा पाँच र उपाध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । यो पालिकामा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले अध्यक्षमा र माओवादी केन्द्रले उपाध्यक्षमा उम्मेदवारी दिएको छ ।

यो पालिकाको अध्यक्षमा काँग्रेसबाट इन्द्रबहादुर कार्की, राष्ट्रिय जनमोर्चाबाट टङ्कप्रसाद अवस्थी, राप्रपाबाट कृष्णदेव भट्ट, नेकपा एकीकृत समाजवादीबाट नरबहादुर विष्ट र नेपाली काँग्रेस (बिपी) बाट सुरेन्द्रबहादुर मालीले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा भने नेपाली काँग्रेसबाट ज्ञानुकुमारी सेटी, नेकपा एमालेबाट इन्द्रबहादुर महरा र नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्लले उम्मेदवारी दिएका छन् ।

यस्तै, नवदुर्गा गाउँपालिकामा अध्यक्षमा ७ र उपाध्यक्षमा ४ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा राष्ट्रिय जनमोर्चाबाट हेमराज भट्ट, जसपा नेपालबाट इन्द्रबहादुर विष्ट, नेकपा माओवादी केन्द्रबाट धर्मदेव लुहार (विक), राप्रपाबाट लक्ष्मणबहादुर ऐर, नेपाली काँग्रेस (बिपी) बाट गोकुलबहादुर शाही, नेकपा एकीकृत समाजवादीबाट कवीन्द्रबहादुर विष्ट, नेपाली काँग्रेसबाट लक्ष्मीप्रसाद अवस्थी उम्मेदवार छन् ।

यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसबाट निर्मलाकुमारी बोगटी, नेकपा माओवादी केन्द्रबाट विष्ना देवी बोहरा, नेकपा एमालेबाट वीरबहादुर विष्ट, नेकपा एकीकृत समाजवादीबाट चन्द्रादेवी रुपाली उम्मेदवार छन् ।

परशुराम नगरपालिकामा पनि सत्तारुढ गठबन्धनबिच चुनावी तालमेल भएको छैन । यहाँ प्रमुख पदमा ६ र उपप्रमुख पदमा पनि ६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रमुख पदमा नेकपा एमालेबाट केशवबहादुर बोहरा, राप्रपाबाट दिर्घराज जोशी, नेकपा माओवादी केन्द्रबाट शेर सिंह माल, नेकपा एकीकृत समाजवादीबाट लालबहादुर दमाई, नेपाली काँग्रेसबाट भरत बडायर जोशी र राष्ट्रिय जनमोर्चाबाट रगुविर कामी उम्मेदवार छन् ।

यस्तै उपप्रमुखमा राप्रपाबाट भागरती चन्द ठकुरानी, नेकपा माओवादी केन्द्रबाट विमला कुमारी बोहरा, नेकपा एकीकृत समाजवादीबाट कमला धामी, नेकपा एमालेबाट गोमती देवी पन्त, नेपाली काँग्रेसबाट कलापती देवी बोहरा र स्वतन्त्र रूपमा गौरा धामीले उम्मेदवारी दिएका छन् ।

भागेश्वर गाउँपालिकाको अध्यक्षमा ७ र उपाध्यक्षमा ४ जनाले उम्मेदवारी दिएका छन् । यो पालिकाको अध्यक्ष र उपाध्यक्षमध्ये एमालेले अध्यक्षमा र नेपाली काँग्रेस (बिपी)ले उपाध्यक्षमा मात्र उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णुप्रसाद पाण्डेय, राप्रपाका केशवराज पाण्डेय, नेपाली काँग्रेसका हेमराज चटौत, नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर साउद, नेकपा एमालेका रामबहादुर शाहीले उम्मेदवारी दिएका छन् । यस्तै विष्णुबहादुर ठकुराठी र खडक बहादुर ठकुराठीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रबाट गीता भट्ट, नेपाली काँग्रेसबाट पुष्पा ठकुराठी, नेपाली काँग्रेस (बिपी) बाट नरेन्द्र ठकुराठी र नेकपा एकीकृत समाजवादीबाट सरस्वती कुमारी थापा मगरले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस