५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड

अ+ अ-

काठमाडौँ । चीनको साङ्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा. राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ ।

चीनको साङ्सी प्रान्तीय सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्ड नेपाली प्राध्यापक झासहित सो प्रान्तमा रहेका १० देशका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो ।

साङ्सी सरकारको सबैभन्दा ठुलो सो अवार्ड प्राप्त गर्नेमा नेपालका झासहित संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, रुस, जर्मनी, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स् र सर्वियाका व्यक्तित्व रहेका छन् ।

उक्त प्रान्तमा रहेर चीनको आर्थिक, सामाजिक, विज्ञान प्रविधि, स्वास्थ्य, संस्कृतिको विकासका साथै चीनसँग आआफ्नो देशको अन्तर्राष्ट्रिय सम्बन्धमा योगदान पुर्‍याउने विज्ञहरुलाई सरकारले प्रतिस्पर्धाका आधारमा यो अवार्ड प्रदान गर्ने गर्दछ ।

साङ्सी प्रान्तमा रहेका विभिन्न देशका प्राध्यापक, अनुसन्धानदाता, चिकित्सक, वैज्ञानिक, उद्यमीलगायतका व्यक्तित्वमध्येबाट सन् २०२२ का लागि १० जना छनोट गरिएको सियानस्थित सियान मेडिकल युनिभर्सिटीले जनाएको छ ।

प्राध्यापक झा सोही विश्वविद्यालयमा रहेर प्राध्यापन र अनुसन्धान गर्दै आएका छन् । यस अवार्डका लागि साङ्सी प्रान्तीय सरकारले सन् २०२१ को जुनमा वेभसाइटमार्फत आवेदन आह्वान गरेको थियो । सो आवेदनबाट ‘सर्ट लिस्ट’ मा परेका विज्ञहरुमध्येबाट नेपालका झा छानिनुभएको सो विश्वविद्यालयले जनाएको छ ।

सन् १९९९ देखि हरेक दुई वर्षमा प्रदान गर्दै आएको यो अवार्ड प्राप्त गर्ने प्रा डा. झा पहिलो नेपाली हुन् । यसअघि प्राडा झालाई सन् २०१८ मा यहाँको सियान सरकारले सियान फ्रेण्डसिप अवार्ड प्रदान गरेको थियो । प्राडा झा दुई दशकभन्दा लामो समयदेखि चीनको सियानमा प्राध्यापन र अनुसन्धान गर्दै आएका छन् ।

पित्तथैलीको क्यान्सरको प्रकोप कम गर्ने विषयमा चिनियाँ विश्वविद्यालयबाट विद्यावारिधि र त्यसपछि विद्या वाचस्पति (पोस्ट डक) पूरा गरी सियान विश्वविद्यालयमा प्राध्यापनरत प्रा डा. झाको नाममा सियान प्रान्तीय सरकारले ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको छ ।

सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी दुई देशबीचको चिकित्सकीय अनुभव आदानप्रदान पनि हुने गरेको छ ।

प्राडा झा चीनका विभिन्न विश्वविद्यालयमा अतिथि प्राध्यापक (भिजिटिङ प्रोफेसर) छन् । प्राध्यापक झालाई चीन नेपाल सम्बन्धको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै चीनको साङ्सी प्रान्तीय सरकारले नागरिक दूत एवं चिनियाँ बृहत् आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा पनि नियुक्त गरेको थियो ।

उक्त अवार्ड केही महिनापछि विशेष समारोहको आयोजना गरेर हस्तान्तरण गरिने कार्यक्रम रहेको जानकारी साङ्सी प्रान्तीय सरकारका प्रवक्ताले आफूलाई जानकारी गराएको प्रा डा. झाले बताए ।

प्रतिक्रिया दिनुहोस