काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७३ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ४४८ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १८ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । हाल देशभर २१७ जना सक्रिय संक्रमित रहेका छन् ।