१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई वटा हत्यामा संलग्नलाई पक्राउपछि सार्वजनिक

अ+ अ-

मङ्गलबारे । इलाममा भएका दुई छुट्टाछुट्टै हत्यामा संलग्न अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरी सार्वजनिक गरेको छ ।

इलाम नगरपालिका–८ सिङफिरिङकी ३१ वर्षीया विनीता काफ्ले र देउमाई नगरपालिका–७ का सन्तोषवाला राईको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामले आज पत्रकार सम्मेलन गरी दुई वटा घटनाका हत्याका अभियुक्तलाई सार्वजनिक गरेको हो । प्रहरीले इलाम–८ सिङफिरिङकी काफ्लेको हत्यामा संलग्न रहेको भन्दै सोही ठाउँका देवेन्द्र रिमाललाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

हत्यापछि शव गाडेको अवस्थामा फेला पारेको र पछि काफ्लेका दाजु दिनेश काफ्लेले जिल्ला प्रहरी कार्यालय इलाममा किटानी उजुरी दर्ता गराएका थिए । किटानी जाहेरीपछि स्थानीयवासी र प्रहरीको टोलीले खोजी गर्ने क्रममा यही २० गते महभिरको जङ्गलबाट रिमाललाई पक्राउ गरिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गङ्गाबहादुर थापाका अनुसार मृतक काफ्ले र अभियुक्त रिमालबिच विगत १० वर्षदेखि चिनजान रहेको र तीन वर्षयता घनिष्ठ सम्बन्ध रहेको बताइएको छ ।

मृतक काफ्ले र रिमालबिच शारीरिक सम्बन्धसमेत रहेका कारण महिलाले विवाह नै गरेर लैजानुपर्ने बताएपछि रिमालले उनको हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको प्रहरी सूचना अधिकारी थापाको भनाइ छ ।

मृतक काफ्लेका श्रीमान्को दुई वर्षअघि मात्र विदेशमा मृत्यु भएको थियो । उनीहरूको चार वर्षीय एक छोरी रहेको बताइको छ । मृतक र अभियुक्तबिच आर्थिक लेनदेनसमेत हुने गरेको थियो । काफ्ले यही वैशाख १५ गते माइत जाने तयारी भएपछि अघिल्लो दिन नै रिमालले उनको ज्यान लिएको बताइएको छ ।

यता इलाम देउमाई नगरपालिका–७ का सन्तोषवालाको हत्या अभियोगमा सोही स्थानका भूपेन राई र चन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही १७ गते शुक्रवार देउमाई–७ चुलीगाउँस्थित पूर्णबहादुर दाहालको भिरालो जमिनमा सन्तोषवालाको शव फेला परेको थियो ।

खोजी गर्ने क्रममा प्रहरीले सन्तोषवालाको हत्यामा संलग्न भएको भन्दै भूपेन र चन्द राई दाजुभाइलाई पक्राउ गरेको छ । उनीहरूलाई पनि आज नै सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी थापाका अनुसार मदिरा सेवन गरेर सन्तोषवालाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सन्तोषवालाको भूपेन र चन्द्रले ढुङ्गा प्रहार गरी हत्या गरेको बताइएको छ । दुई व्यक्तिसहित हत्यामा प्रयोग भएको ढुङ्गासमेत जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ ।

मृतककी श्रीमती सीता राईले यही वैशाख १६ गतेको घटनामा संलग्न भएको भन्दै कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि प्रहरीलाई अनुसन्धानमा सहज भएको थियो । दुवै घटनामा संलग्नलाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलामका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस