८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइपिएल : हैदरावादमाथी दिल्लीको जित, उक्लियो पाँचौँ स्थानमा

अ+ अ-

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा सनराइजर्स हैदरावादलाई २१ रनले हराउँदै दिल्ली क्यापिटल्स अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०७ रन बनाएको थियो । २०८ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षतिमा १८६ रन मात्रै बनाउन सक्यो ।

दिल्लीको जितमा डेभिड वार्नरले सर्वाधिक ९२ रन बनाए । अविजित रहेका उनी प्लेयर अफ द म्याच समेत भए । रोभम्यान पावेलले पनि अविजित ६७ रन बनाए । मिचेल मार्सले १० र कप्तान ऋषभ पन्तले २६ रन बनाए ।

बलिङतर्फ हैदरावादका भुवनेश्वर कुमार, सेन एबोट र श्रेयस गोपालले एक–एक विकेट लिए ।

लक्ष्य पछ्याउने क्रममा हैदरावादको सुस्त सुरुवात थियो । विकेट पनि छिटो छिटो गुमे । हैदरावादका लागि ओपनर्स अभिषेक शर्माले ७ र कप्तान केन विलियम्सनले ५ रन मात्र बनाए । ३७ रन बनाउँदा उसको तीन विकेट गुमिसकेको थियो । यद्यपि एडेन मारकरमले ४२ र निकोलस पुरनले ६२ रन योगदान गरेका थिए ।

बलिङतर्फ दिल्लीका मोहम्मद खलिले ३ र शार्दूल ठाकुरले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस