६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निमावि तह शिक्षकको नतिजा सार्वजनिक

अ+ अ-

काठमाडौँ । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ७६ हजार ८०६ सहभागी परीक्षार्थी मध्ये २० हजार ९८२ जना उत्तीर्ण भएका छन् ।

प्रदेश १ मा १९ हजार २० सहभागी मध्ये ५ हजार १८२ जना, मधेस प्रदेशमा पाँच हजार ८५३ मध्ये १ हजार ११ जना, बागमती प्रदेशमा ११ हजार ५२६ सहभागी मध्ये तीन हजार ५७७ जना उत्तीर्ण भएका छन् ।

यसै गरी गण्डकी प्रदेशमा १४ हजार २०६ जना मध्ये चार हजार ३४१ जना, लुम्बिनी प्रदेशमा ११ हजार ८४४ मध्ये ३ हजार ३६१ जना, कर्णाली प्रदेशमा चार हजार ६८८ मध्ये १ हजार ६९ जना र सुदूरपश्चिम प्रदेशमा ९ हजार ६६९ मध्ये दुई हजार ४४१ जना उत्तीर्ण भएका छन् ।

आयोगले गत १७ चैतमा २ हजार ५९८ रिक्त पदको लागि सामान्य तर्फको परीक्षा सञ्चालन गरेको थियो ।

आयोगले नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेदवारले ३ जेठसम्म कार्यालय समयभित्र आयोगले तोकेको कागजात सहित आवेदन दिन सकिने जनाएको छ ।

११ असारमा विषयगत परीक्षा
सामान्यतर्फको परीक्षामा उत्तीर्ण भएकाहरूका लागि ११ असारमा परीक्षा सञ्चालन हुने भएको छ । आयोगले प्रदेशगत रूपमा परीक्षा केन्द्र रहने जिल्ला समेत तोकेको छ ।

प्रदेश १ का लागि मोरङ, मधेस प्रदेशका लागि धनुषा, बागमती प्रदेशका लागि मकवानपुर, गण्डकी प्रदेशका लागि कास्की, लुम्बिनी प्रदेशका लागि रुपन्देही, कर्णाली प्रदेशका लागि सुर्खेत र सुदूरपश्चिमका लागि कैलाली जिल्लामा परीक्षा सञ्चालन हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस