७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दिल्लीलाई ९१ रनले हराउँदै चेन्नइ आठौँ स्थानमा उक्लियो

अ+ अ-

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न दोस्रो खेलमा चेन्नइ सुपर किंग्सले दिल्ली क्यापिटल्समाथि सहज जित निकालेको छ। मुम्बई स्थित डीवाइ पाटिल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा चेन्नइले दिल्लीमाथि ९१ रनको फराकिलो जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बनाएको थियो। ओपनर डेभोन कोनवेको सर्वाधिक ८७ रन र ऋतुराज गाइकवडको ४१ रनको सहायतामा सानदार सुरुवात गरेको चेन्नइका लागि शिवम दुवेले ३२ रन बनाए। त्यस्तै कप्तान महेन्द्रसिंह धोनीले अविजित २१ रन बनाउँदा ठुलो स्कोर खडा गर्न सफल रह्यो।

बलिङतर्फ दिल्लीका एनरिच नोर्कियाले सर्वाधिक ३ विकेट लिँदा खलील अहमेदले २ तथा मिचेल मार्सले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीको ब्याटिङ नजम्दा १७.४ ओभरमा ११७ रन बनाउँदै अलआउट हुन पुग्यो। दिल्लीका लागि मिचेल मार्सले सर्वाधिक २५ रन बनाउँदा शार्दूल ठाकुरले २४, कप्तान ऋषभ पन्तले २१ तथा डेभिड वार्नरले १९ रनको योगदान दिए। दिल्लीलाई सानो स्कोरमै समेट्न चेन्नइका मोइन अलीले सर्वाधिक ३ विकेट लिँदा मुकेश चक्रवर्ती, सिमरजीत सिंह र ड्येन ब्राभोले समान २ विकेट लिए। त्यस्तै महीश ठीकशनाले एक विकेट लिए।

जितसँगै चेन्नइ ८ खेलबाट ८ अङ्क जोडेको चेन्नइ आठौँ स्थानमा उक्लिएको छ। दिल्ली भने १० अङ्क जोडेर तालिकाको पाँचौँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस