हिमा गाउँपालिकाको टेलिफोन सेवा सञ्चालन « प्रशासन
Logo १७ असार २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

हिमा गाउँपालिकाको टेलिफोन सेवा सञ्चालन


२६ बैशाख २०७९, सोमबार


जुम्ला । हिमा गाउँपालिकामा दश दिनदेखि अवरुद्ध भएको टेलिफोन सेवा सञ्चालनमा आएको छ ।

टेलिफोन सेवा सञ्चालनमा आएको नेपाल टेलिकम जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार हिमा रहेको टेलिफोन टावरको हर्न भन्ने सामग्री क्षति भएपछि काठमाडौँबाट सामग्री ल्याएर जोडिएको छ ।

प्रमुख श्रेष्ठका अनुसार अहिले त्यहाँ क्षमता बढाइएको छ । आजदेखि प्रभावकारी रूपमा टेलिफोन लागेको छ । एक पटकमा त्यस क्षेत्रमा ८० जनाले चलाउने क्षमता थियो भने अब दोब्बर भएको छ ।

हिमा गाउँपालिका निर्वाचन अधिकृत रितु राईका अनुसार टेलिफोन आएपछि काममा सजिलो हुने भएको छ । टेलिफोन विहिन हुँदा निर्वाचनकै नजिक कसरी काम गर्ने डर थियो ।

हिमामा टेलिफोन सञ्चालन भएको प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी दिएको बताए । उनले टेलिफोन लामो समय नबन्दा निर्वाचनमा कठिन हुने भन्दै निर्वाचन आयोगलाई समेत पत्र पठाउने तयारी गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस