८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदान गर्न घर फर्कँदै मनाङका मतदाता

अ+ अ-

मनाङ । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि मनाङका मतदाता घर फर्कन थालेका छन् । यहाँका अधिकांश मतदाता जिल्ला बाहिर बसोबास गर्ने भएकाले मतदानका लागि उनीहरु गाउँ फर्कन लागेका हुन् ।

मनाङका मतदाता काठमाडौँ, पोखरालगायत ठुला सहरी क्षेत्रमा बसोबास गर्ने भएकाले मतदानका लागि हाल जिल्ला फर्किन थालेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार अधिकांश मनाङवासी बाहिरी जिल्लामा बसोबास गरे पनि उनीहरुको मतदाता नामावली मनाङमै रहेको छ ।

‘यहाँका बासिन्दा व्यापार, व्यवसाय र कामकाजका लागि बाहिरी जिल्लामा बसोबास गर्नुहुन्छ, उहाँहरुको मतदाता नामावली यतै भएकाले फर्कन थाल्नुभएको हो, विभिन्न सरकारी कामकाजका लागि पनि उहाँहरु मनाङमा नै फर्किनुपर्ने हुन्छ,’ प्रजिअ आचार्यले भने, ‘अहिले मतदानकै लागि गाउँघर फर्किने क्रम चलिरहेको छ ।’ अहिले विशेष गरी माथिल्लो मनाङस्थित मनाङ ङिस्याङ, नार्पाभूमि र चामे गाउँपालिकाका मतदाता फर्किरहेको उनले बताए ।

सदरमुकामस्थित चामे गाउँपालिका–४ र ५ वडाका अधिकांश स्थानीय काठमाडौँमा बसोबास गर्ने गरेका छन् । चामे गाउँपालिका–४ को सरस्वती तामाङ मतदानका लागि जिल्ला फर्केको बताउँछन् । ‘लामो समयपछि मतदान गर्न पाइने भो, त्यसैले हामी गाउँ फर्केका हौँ’, तामाङले भने ।

पाँच वर्षपछि जनप्रतिनिधि छनोट गर्ने निर्वाचनमा मतदान गर्नकै लागि अहिले गाउँ फर्केको उनको तर्क छ । ‘हामी पाँच वर्षमा मतदान गरेर जनप्रतिनिधि छनोट गर्ने अधिकार पाउँछौँ, मनाङको विकासका लागि सही जनप्रतिनिधि छनोट गर्न भनेर मतदान गर्न फर्किएको हुँ,’ तामाङले भने ।

जिल्ला बाहिर बसोबास गर्ने छिमेकी गाउँका स्थानीय पनि मतदानका लागि आउने क्रम रहेको उनले बताए । तामाङजस्तै मतदानका लागि नार्पाभूमि गाउँपालिका–४ का सोनाम तेन्जिङ लामा र मनाङ ङिस्याङ गाउँपालिका–६ का सागर गुरुङले पनि मतदान गर्न जिल्ला फर्किएको बताए । ‘गाउँ आइपुगियो, अब आफ्नो मन परेको उम्मेदवारलाई भोट हाल्नुपर्छ’, लामाले खुसी व्यक्त गरे ।

लामाले मनाङको विकास र सहज आवतजावतका लागि सहज सडक निर्माणका लागि उपयुक्त जनप्रतिनिधि छनोट गर्नु आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, ‘विगतको विकासलाई अझ सहज बनाउने प्रयत्नशील जनप्रतिनिधि छनोटका लागि नै गाउँ फर्किएको हुँ ।’

नार्पाभूमि गाउँपालिकाको नार, फु, मेता, च्याखुलगायतका गाउँ र ङिस्याङ गाउँपालिकाका पिसाङ, खाङ्सार, भ्राका, ङावल लगायतका क्षेत्रका स्थानीयवासी फर्किने क्रम चलिरहेको हो ।

मनाङ ङिस्याङ गाउँपालिकाको मतदाता सङ्ख्या तीन हजार ५३५ रहेको छ भने नार्पाभूमि गाउँपालिकामा ४४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस