१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशमा मुख्यमन्त्रीलाई आयोगको स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई स्पष्टीकरण सोधेको छ ।

आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारी सवारीसाधन प्रयोग गरेर चुनाव प्रचारप्रसारमा गएकाले मुख्यमन्त्री पोखरेललाई स्पष्टीकरण सोधिएको बताए ।

उनले निर्वाचन आचारसंहिता २०७८ को दफा ५ को खण्ड (क) अनुसार मुख्ममन्त्री वा मन्त्री आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाइने उल्लेख भएअनुसार मुख्यमन्त्री पोखरेललाई तीन दिनभित्र स्पष्ट जवाफ दिन स्पष्टीकरण सोधिएको जानकारी दिए ।

यस्तै राष्ट्रिय भूमि आयोगका अध्यक्ष बद्री तिमिल्सेना र उपाध्यक्ष नहेन्द्र खड्कालाई पनि स्पष्टीकरण सोधेको छ । आयोगका प्रवक्ता पौडेलका अनुसार आयोगका अध्यक्ष तिमिल्सेना र उपाध्यक्ष खड्काले मतदातालाई प्रत्यक्ष प्रभाव पार्न भरतपुर–११ गणेशपुरमा भूमिको निस्सा बाँडेको हो भन्ने शीर्षकको समाचार विभिन्न सञ्चारमाध्यमबाट जानकारीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

आयोगले गोरखापत्र दैनिकलाई वैशाख २२ गते ‘गठबन्धनप्रति इमान्दार बन्न देउवाको आग्रह’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेकामा स्पष्टीकरण सोधेको छ । यस्तै उक्त शीर्षकको समाचारले कुनै राजनीतिक दलको प्रचार गर्न हो वा होइन भन्दै तीन दिनभित्र स्पष्ट पार्न भनिएको छ ।

यस्तै वैशाख २५ गते ‘बागी उम्मेदवारको प्रभाव नगण्य छ’ भन्ने भरतपुर महानगरपालिकाका निवर्तमान प्रमुख रेणु दाहालको अन्तर्वार्ता छापिएको विषयप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए । उनले पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन गर्न नपाइने बताए ।

यस्तै आयोगले उदयपुर जिल्लाको चौदण्डी नगरपालिकाले स्थानीय मतदातालाई प्रभावमा पारी राज्यको स्रोतको दुरुपयोग गरी टिनको जस्तापाता वितरण गरेको उजुरी आयोगमा परेकाले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको आयोगका प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस