काठमाडौँ । नेकपा एमालेले आज काठमाडौँको भृकुटीमण्डपमा चुनावी सभा गर्ने भएको छ।
सभालाई अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।
एमाले काठमाडौँ जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार स्थानीय चुनावका लागि अन्तिम सभा आज काठमाडौंमा गर्न लागिएको छ।
आज मध्यरातदेखि मौन अवधि सुरु हुन्छ।
‘एमालेले आज गर्ने सभा स्थानीय तह निर्वाचन केन्द्रित अन्तिम सभा हो,’ उनले भने, ‘देशभर नै सन्देश दिने उद्देश्यले काठमाडौँमा अन्तिम चुनावी सभा गर्न लागेका हौँ।’
एमालेले वडा–वडादेखि जुलुस ल्याउने तयारी पनि गरेको छ।