८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिलालाई अपहरण गरी हत्या गरेको आरोपमा जनप्रतिनिधिसहित तीन नेता पक्राउ

अ+ अ-

काठमाडौँ । महिलालाई अपहरण गरी हत्या गरेको अभियोगमा पूर्वी रुकुममा जनप्रतिनिधिसहित तीन जना नेकपा माओवादी केन्द्रका कार्यकर्ता पक्राउ परेका छन्।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ का वडाध्यक्ष जयकुमार बुढा, उनका भाइ अर्जुन बुढा र माओवादीबाट वडाध्यक्ष उम्मेदवार कुमार सिंह बुढालाई रुकुम प्रहरीले नियन्त्रणमा लिएको हो।

वैशाख १९ गते स्थानीय टक्सेरा गाउँमा निर्वाचन प्रचार प्रसारका क्रममा भएको विवाद मिलाउन पुगेकी स्थानीय ३९ वर्षकी डुथी बुढा भन्ने जुङमाया बुढालाई माओवादी कार्यकर्ताहरूले अपहरण गरेर लगेको आरोप छ।

अपहरणमा परेकी बुढालाई खोज्ने क्रममा रुकुम प्रहरीले टक्सेरादेखि करिब चार किलोमिटर माथि जङ्गलमा उनको शव फेला पारेको हो। महिलाको कानमा रगत बगेको र निर्वस्त्र अवस्थामा शव फेला पारिएको रुकुम प्रहरीले जनाएको छ।

नेपाली काँग्रेस र नेकपा एमालेबिच गठबन्धन भएको पुथा उत्तरगंगामा माओवादी केन्द्रसँग पटक-पटक विवाद र दुई समूहबिच झडपसमेत हुँदै आएको छ।

मृतक जुङमाया बुढाको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पोस्टमार्टमका लागि ल्याइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस