डोल्पा । उपल्लो डोल्पामा लेक लागेर मृत्यु भएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउनका लागि हेलिकप्टर प्रयोग गर्नु पर्ने भएको छ ।
ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुरिन विकको लेक लागेर उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा हिजो (मंगलबार) मृत्यु भएको थियो ।
सम्बन्धित समाचार : उपल्लो डोल्पामा लेक लागेर एक जना म्यादी प्रहरीको मृत्यु
निर्वाचन सेलको बुधबार बसेको बैठकले पोस्टमार्टमका लागि शव बोकेर दुनै ल्याउन सक्ने अवस्था नभएकोले हेलिकप्टर माग गर्ने निर्णय भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए ।
शवलाई पोस्टमार्टमका लागि दुनै ल्याउनका लागि लेक चढ्नु पर्ने भएकोले बोकेर ल्याउने अवस्था नभएको उनको भनाइ छ ।
