१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानी प्रधानमन्त्री शहबाज नवाज सरिफलाई भेट्न लन्डन पुगे

अ+ अ-

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ पाकिस्तान मुस्लिम लिग-एन (पीएमएल-एन) का अध्यक्ष नवाज शरीफलाई भेट्न लन्डन पुगेको स्थानीय सञ्चारमाध्यमले बुधबार उल्लेख गरेका छन् ।

शहबाजको साथमा सङ्घीय मन्त्रीहरू र पीएमएल-एन नेताहरू सम्मिलित प्रतिनिधिमण्डल रहेको छ ।

प्रतिनिधिमण्डलमा अहसान इकबाल, मिफ्ताह इस्माइल, अयाज सादिक, मरियम औरंगजेब, साद रफिक र ख्वाजा आसिफ रहेको साम टिभीले आज जनाएको छ ।

स्रोतहरू उद्धृत गर्दै डेली टाइम्सले जनाएअनुसार नवाज शरीफले केही महत्त्वपूर्ण मुद्दाहरूमा पार्टी नेतृत्वसँग परामर्श गर्न आवश्यक छ जसमा पीएमएल-एनले ठूलो निर्णय लिने अपेक्षा गरिएको छ ।

लन्डनमा मिडियासँग कुरा गर्दै नवाजले उनी शहबाज शरीफ र उनीसँगै आउने अन्यलाई भेट्न उत्सुक रहेको बताएका छन् ।

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका नवाज सन् २०१९ देखि स्वास्थ्य समस्या देखाउँदै लन्डनमा बस्दै आएका छन् ।

पाकिस्तानका पूर्व प्रधानमन्त्रीले स्वास्थ्य परीक्षणको आधारमा लन्डनमा आफ्नो बसाइलाई लम्ब्याउन माग गरेका छन् ।

नवाजका अनुसार पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) को सरकारले पाकिस्तानलाई गहिरो आर्थिक सङ्कटमा छोडेको थियो ।

बैठक राति ८ बजे (पाकिस्तानी समय) मा हुने नवाजका छोरा हसन नवाजको स्टानहोप हाउसस्थित कार्यालयमा हुने बताइएको छ ।

गत महिना नवाजले पीपीपी अध्यक्ष बिलावल भुट्टो-जरदारीसँग पनि भेट गरेका थिए जो पछि पाकिस्तानको सङ्घीय मन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस