काठमाडौँ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफ्नो नियोजित रुपमा चरित्रहत्या गर्ने प्रयास भएको बताएका छन् ।
जनकपुरमा पैसा बाँडेको भन्दै एमालेका कार्यकर्ताले होहल्ला गरेपछि उनलाई प्रहरीले रेस्क्यू गरेर विमानस्थलमा छोडेको थियो ।
अन्सारीले काठमाडौँ आउनासाथ भिडियो सन्देश जारी गर्दै आफूमाथि झूटो आरोप लगाइएको उल्लेख गरेका छन् ।
जनकपुरको शीताशरण होटलमा केही गुण्डाहरुले आफूमाथि अभद्र व्यवहार गरेको उनको भनाइ छ ।
‘प्रहरी र प्रशासनले सुरक्षा दिएर म सकुशल काठमाडौँ आइसकेको छु,’ अन्सारीले भने, ‘सामाजिक सञ्जालमा मलाई पक्राउ गरेको भनेर गलत आरोप लगाइएको छ ।’
उनले यस विषयमा थप प्रस्ट पार्न ३ बजे पत्रकार सम्मेलन गर्न लागेको बताएका छन् ।
सम्बन्धित समाचार : मुस्लिम आयोगका अध्यक्ष अन्सारीमाथि पैसा बाँडेको आरोप