८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पद, पैसा र पहुँचबाट प्रभावित नभई मतदान गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको अपिल

अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताहरूलाई स्थानीय तहका जनप्रतिनिधिका लागि हुने मतदानमा पद, पैसा र पहुँचबाट प्रभावित नहुन अपिल गरेका छन् ।

निर्वाचनको तयारी पूरा भएकोबारे जानकारी दिन आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा थपलियाले प्रलोभनमा नपरी मतदान गर्न मतदातालाई आह्वान गरेका हुन् ।

स्थानीय तहको भोलि (शुक्रबार) हुने निर्वाचनलाई उत्सवका रूपमा ग्रहण गरी सहभागी हुन थपलियाले अपिल गरेका हुन् ।

‘प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन भएको र कानुनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने निर्वाचित हुने र मतदान गर्ने अवसर र अधिकार निर्वाचनले प्रदान गर्ने भएको हुँदा, उनले अपिल गरे, पद, पैसा र पहुँचबाट प्रभावित नभई एवं निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई कसैको लोभ लालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही तरिकाले सही ठाउँमा प्रयोग गर्न म सबै मतदाता महानुभावहरूप्रति हार्दिक आह्वान गर्दछु ।’

स्थानीय तह निर्वाचनका सरोकारवाला सबैलाई आग्रह गर्दै थपलियाले निर्वाचनको स्वच्छता र विश्वसनीयतामा कुनै प्रश्न उठ्न नसक्ने वातावरण बनाउन आग्रह गरे ।

उनले थपे, ‘कसैको प्रलोभन र प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी, सही तरिकाले निर्धक्क मतदान गर्नुहुन र मतदान प्रक्रियालाई सफल बनाउन आग्रह गर्दछु ।’

मतदानको अघिल्लो दिन १८ वर्ष पुग्ने सबै नागरिकलाई मतदानको अधिकार भएको ऐतिहासिक पहिलो निर्वाचन भएको भन्दै थपलियाले मतदाता नामावलीमा नाम रहेकाले मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाणपत्रमध्ये एक भएमा मतदानमा सहभागी हुन पाउने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी सुरक्षा व्यवस्था मिलाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस