पर्साको मिर्जापुरमा झडप, तीन जना घाइते, प्रहरीद्वारा एक दर्जन हवाई फायर « प्रशासन
Logo १५ असार २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पर्साको मिर्जापुरमा झडप, तीन जना घाइते, प्रहरीद्वारा एक दर्जन हवाई फायर


३० बैशाख २०७९, शुक्रबार


वीरगन्ज । स्थानीय तह निर्वाचनअन्तर्गत पर्साको छिपहरमाई गाउँपालिका–१, मिर्जापुरस्थित मतदानस्थलमा आज झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

नेकपा (एमाले)का तर्फबाट उक्त गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार मनोजकुमार गुप्ता र नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार नवीन सिंहका समर्थकहरूबीच विवाद हुँदा झडप भएको बताइएको छ ।

झडपका क्रममा ती नजना घाइते भएका छन् । झडपका कारण त्यहाँको अवस्था केही बेर तनावग्रस्त बनेको थियो । प्रहरीले करिब एक दर्जन हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको छ ।

छिपहरमाई गाउँपालिकाकै वडा नम्बर–२, चेरगहाँ मतदानस्थलमा पनि विवाद भएको थियो ।

बिहान एक समय विवाद भए पनि अहिले अवस्था शान्त भएर मतदानकार्य जारी रहेको स्थानीयले बताएका छन् ।

झडपपछि त्यहाँ प्रहरी सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

यस्तै, वीरगन्ज महानगरपालिका–२८, बगहीस्थित मतदानस्थलमा पनि केही बेर विवाद भएको थियो । दुई पक्षका कार्यकर्ताले लाइनका विषयमा विवाद सुरु गरेका थिए ।

प्रहरीले अवस्था साम्य पारेर अहिले मतदानकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस