बर्दिया ।बर्दियामा दिउँसो ३ बजेसम्म ४७दशमलव०७ प्रतिशतभन्दा बढी मत खसेको मुख्य निर्वाचन अधिकृत कृष्णबहादुर कुँवरले बताए ।
मतदानस्थलमा बिहान मतदाता कम देखिए पनि दिउँसो भिडभाड भएको उनले जानकारी दिए ।
रसुवामा ६० प्रतिशत मतदान
वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ ।
उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए ।
अहिले २स्३० बजेसम्म ६० प्रतिशत मतदान भएको उनले जानकारी दिए ।
जिल्लाको ५१ मतदान केन्द्रबाट ३८ हजार ५४५ मतदाताले मतदान गरिरहेका छन् ।