काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरसमेत रहेको झापाको दमक नगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ।
दमक-१ को २ सय मत गणना हुँदा मेयरमा एमालेकी गीता अधिकारीले ९६ मत प्राप्त गरेकी छन्।
उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७९ मत प्राप्त गरेका छन् । थापालाई गठबन्धनले साथ दिएको छ।
उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी रेगिना भट्टराईले ९० मत प्राप्त प्राप्त गर्दै अग्रता बनाएकी छन् । उनलाई नेकपा एकालेका अम्बिका प्रसाद खनालले ७८ मत पाएका छन्।