काठमाडौँ । सल्यानको कुमाख गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
जिल्लाको यो पहिलो नतिजा हो । यो वडामा माओवादी पूरै प्यानल सहित विजयी भएको छ । वडाध्यक्षमा माओवादीका डिल्लीबहादुर राना विजयी भएका छन् ।
उनले ६०८ मत ल्याएर विजयी भएका हुन् ।