काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत पाएका छन् ।
आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा उनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा करिब १२ सय मत बढी पाएका छन् ।
स्थापितले १४१५ र नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाएकी छन् । हाल काठमाडौँ महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना जारी छ ।