काठमाडौँ । काठमाडौँ महानगरको वडा नम्बर ७ को पनि मतगणना सुरु भएको छ । प्रारम्भिक गणना अन्य उम्मेदवार भन्दा बालेन साह निकै अगाडि छन् ।
यस वडाका १०० वटा मत गनिएकोमा स्वतन्त्र उम्मेदवार साहले मात्रै ४८ भोट ल्याएका छन् । काँग्रेसकी सिर्जना सिंहको पक्षमा २१ मत खसेको छ । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले अहिलेसम्म ८ भोट मात्र ल्याएका छन् ।
हालसम्म काठमाडौँका २ वडाको मतगणना सकिएको छ भने ९ वटा वडाको मतगणना जारी छ ।
स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकामा ४० हजार ७२४ मतगणना सम्पन्न भएको छ ।
पछिल्लो मत परिणाम अनुसार बालेनले १५,९०६ भोट सहित अग्रता लिइरहेका छन् । दोस्रो स्थानमा रहेका स्थापितको ८ हजार ४२७ भोट छ । स्थापितलाई नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले सात हजार ५१२ मतसहित पछ्याउँदै छिन् ।