७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोकर्णेश्वरको नगर प्रमुख काँग्रेस र उपप्रमुखमा एमालेको अग्रता

अ+ अ-

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको जारी मतगणनामा नगर प्रमुख पदमा नेपाली काँग्रेसका दीपक रिसालले आठ हजार १०९ मत प्राप्त गरी अग्रता लिएका छन् ।

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको जारी मतगणनामा उनको प्रतिस्पर्धामा नेकपा एमालेका उद्धव विष्टले सात हजार ५३६ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी सान्नानी लामाले सात हजार ५९० मत प्राप्त गरेकी छन् भने उनका निकटतम नेपाली काँग्रेसकी शान्ति नेपालले सात हजार ५५२ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिइन् । नेपाल यसअघि पनि नगर उपप्रमुख थिइन् ।

नौ वटा वडा रहेको गोकर्णेश्वरमा हालसम्म वडा नम्बर १, २, ३, ६ र ७ मा एमाले, ५ मा काँग्रेस र ४ को वडाध्यक्षमा काँग्रेसबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएका जयराम महत विजयी भएका छन् ।

पछिल्लो परिणाम अनुसार वडा नं ७ मा एमालेका केशव गुरुङ विजयी भएका छन्। नगरपालिकामा अहिले वडा नं ८ को मतगणना भइरहेको छ । वडा नं ९ को मतगणना बाँकी छ ।

नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । जसमध्ये २४ हजार २४२ मत खसेको थियो । यो कुल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो ।

नगरपालिकामा यसअघि काँग्रेसले नगर प्रमुख, उपप्रमुखसहित छ वटा वडामा विजयी हासिल गरेको थियो । यस पटक भने काँग्रेसले विगतमा जितेको नगरपालिकाको वडा नं १ र ३, ६ मा हारेको छ ।

तीनै वडामा एमाले प्यानलसहित विजयी भएको छ । यसअघि राप्रपा निर्वाचित भएको वडा नं २ को अध्यक्षमा पनि यस पटक एमाले विजयी भएको छ । नगरपालिकाका नौ वटा वडामध्ये सात वटा वडाको परिणाम सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस