१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामग्रामको प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा

अ+ अ-

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रामग्राम नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।

नगर प्रमुखमा एमालेका धनपत यादव र उपप्रमुखमा राप्रपाकी सम्झना चौधरी विजयी भएकी हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नरेन्द्र गुप्तालाई एक हजार ५५७ मतान्तरले हराउँदै यादव निर्वाचित भएका हुन् । यादवले सात हजार ८२४ तथा गुप्ताले ६ हजार २६७ मत प्राप्त गरे ।

गुप्ता निवर्तमान नगर प्रमुख हुन्। यसअघिको निर्वाचनमा रामग्रामको प्रमुख र उपप्रमुखमा काँग्रेसले जितेको थियो ।

उपप्रमुखमा राप्रपाबाट विजयी चौधरीले निकटतम प्रतिद्वन्द्वी एमालेकी लक्ष्मी क्षेत्रीलाई ११९ मतान्तरले हराइन् । चौधरीले ६ हजार ५८२ र क्षेत्रीले ६ हजार ४६३ मत प्राप्त गरे ।

अठार वडामध्ये ६ वडामा काँग्रेस, दुईमा एमाले, तीनमा राप्रपा, ६ वडामा जनता समाजवादी पार्टी र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

काँग्रेस वडा नं ५, ६, ८, १४, १७ र १८ मा, एमाले वडा नं १२ र १३ मा, राप्रपा वडा नं १, ३ र ९ मा, जसपा वडा नं २, ४, ७, १०, ११ र १६ मा तथा वडा नं १५ मा स्वतन्त्र उम्मेदवार विजयी भए ।

प्रतिक्रिया दिनुहोस